जग्गा रोक्का, फुकुवा र खरिद–बिक्रीको काम स्थानीय तहबाटै
वि.सं.२०८३ जेठ १५ शुक्रवार १८:०४
455
shares
shares

काठमाडौं, १५ जेठ । जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको बताए । उक्त व्यवस्थाका कारण जग्गा रोक्का, फुकुवा, खरिद–बिक्री तथा राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
उक्त योजनाअन्तर्गत ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा सञ्चालन गरिने भएको छ । बजेटमा घरजग्गा खरिद–बिक्रीलाई सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गरिने व्यवस्था गरिएको समेत जनाइएको छ ।









