Dhulikhel Eco Banner new

सरकारले आगामी वर्ष १४ खर्ब ५ अर्ब राजस्व संकलन गर्ने

650
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि १४ खर्ब पाँच अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

न्यून हुन आउने स्रोत पूर्ति गर्न सरकारले दुई खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋण र चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना बनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् ।