Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार ?

494
shares

काठमाडौं, २५ जेठ। सोपान फर्मास्युटिकल्सको सेयर कारोबार सोमबार देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २७६ रूपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको एसओपिएच संकेतमा सेयर कारोबार खुला भएको छ। कम्पनीको आइपिओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि ९२ रूपैयाँ १५ पैसादेखि २७६ रूपैयाँ ५० पैसासम्मको मूल्य रेञ्ज पाएको थियो। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ। यस अवधिसम्म कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ १० पैसा पुगेको छ।