Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.05K
shares

काठमाडौं, २५ जेठ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.२७ अंकले घटेर २७३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन चार अर्ब ८ करोड ४९ लाख कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले १३.११ प्रतिशतका दरले कमाएका छन् भने सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.८५ प्रतिशतका दरले कमाएका छन् भने सिभिल बैंक डिभेन्चर २०८८का लगानीकर्ताले ५ं.५२ प्रतिशतका दरले कमाएका छन् ।