Dhulikhel Eco Banner new

शेयर बजारमा २२१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.05K
shares

काठमाडौं, २५ जेठ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ ।शेयर बजार २०.२७ अंकले घटेर २७३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन चार अर्ब ८ करोड ४९ लाख कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले गुमाएका छन् भने ज्ञण्५ सानिमा बैंक लिमिटेड डिभेन्चरका लगानीकर्ताले ५.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि आइसिएफसि फाइनान्स लिमिटेड डिभेन्चर २०८३का लगानीकर्ताले ४.२९ प्रतिशतका दरले गुमाएका छन् भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले गुमाएका छन् ।