Dhulikhel Eco Banner new

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओबाट मुकेश कपुरको राजीनामा

741
shares

काठमाडौ, ९ असार । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)बाट मुकेश कुमार कपुरले राजीनामा दिएका छन्।

कपुरले सोमबार (असार ८ गते) कामु सीईओबाट राजीनामा दिएका हुन्। गत असार ३ गते कम्पनी सञ्चालक समितिले कपुरलाई कम्पनीको कामु सीईओ मुकरर गरेको थियो। सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल स्वतः निलम्बनमा परेकी थिइन्।

हिमालयन रिमा सीईओ पद रिक्त भएपछि कपुरलाई कामु सीईओ मुकरर गरिएको थियो। तर, कामु सीईओमा नियुक्त भएको एक साता नबित्दै कपुरले राजीनामा दिए। कार्यालयले हिमालयन रिकी सीईओ पौडेलसहित बीमा क्षेत्रमा आबद्ध ८१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।