माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १ लाख ४२ हजार ७ सय ६० जनाले पाए शेयर
वि.सं.२०८३ असार १९ शुक्रवार १०:१७
shares

काठमाडौं, १९ असार । माउण्ट एभरेष्ट पावरको आइपीओ शुक्रबार बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले शुक्रबार बिहान ८:३० बजे शेयर बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको शेयर १लाख ४२ हजार ७६० जनालाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर परेको छ ।कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।



















