Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकले माग्यो १४२ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

1.87K
shares

काठमाडौं, १९ असार । राष्ट्रिय वाणिज्य बैंकले १४२ जना कर्मचारी माग गरेको छ। बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा आवेदन खुलाएको हो।

बैंकले जारी गरेको सूचनाअनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना तथा पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना कर्मचारी नियुक्त गरिनेछ।

छैटौं तहको सहायक प्रबन्धक पदअन्तर्गत प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ तथा नगद समूहका लागि आवेदन मागिएको छ। यस्तै, पाँचौं तहको वरिष्ठ सहायक पदका लागि प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी भर्ना गरिने बैंकले जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने उम्मेदवारले सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ।

साथै, नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्ने बैंकले जनाएको छ।