Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

832
shares

काठमाडौं, २४ असार । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ८२ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एनएमबि डिबेन्चर ८.५०प्रतिशत २०८७/८८का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४का लगानीकर्ताले ४.६७ प्रतिशतका दरले कमाएका छन् भने स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कुमारी सबल योजनाका लगानीकर्ताले ४.०२ प्रतिशतका दरले कमाएका छन् भने ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६का लगानीकर्ताले ३.७९ प्रतिशतका दरले कमाएका छन् ।