Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

1.14K
shares

काठमाडौं, २४ असार । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ८२ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एनएमबि डिबेन्चर ८.५० प्रतिशत २०८७/८८का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.४१ प्रतिशतका दरले गुमाएका छन् ।