Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पताल बीच सम्झौता

429
shares

काठमाडौं, ३० असार । गते सोमबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेत बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता(पत्रमा) हस्ताक्षर भएको छ ।

सम्झौता(पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीहरुका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ ।

वि।सं। २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।