अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने
वि.सं.२०८३ असार ३२ बिहीवार १३:५३
shares

काठमाडौं, ३२ असार । अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ ।
२०८३ असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको घोषणा गर्नुपर्नेछ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।
यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्नेछ ।



















