Dhulikhel Eco Banner new

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

1.01K
shares

काठमाडौं, ४ साउन । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रा.लि. को नाममा रहेको २६ हजार ९४७ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

अतः उक्त शेयर खरीद गर्न चाहने जोकोहीले सूचना प्रकाशित मिति साउन ४ गते ले १५ दिनभित्र प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका बमोजिम संस्थापक समूहको शेयर खरीद गर्न अयोग्य नभएको स्वःघोषणा तथा अन्य आवश्यक कागजात संलग्न गरी कम्पनीको प्रधान कार्यालयमा आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाएर आवेदन दिनु पर्नेछ।