दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
वि.सं.२०८३ साउन १५ शुक्रवार १४:५२
shares

काठमाडौं, १५ साउन । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलकिम र एनसेल प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।
उनी २०८० फागुन ६ गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । उनकै कार्यकालमा सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ती गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो । यही मुद्दाको अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतोलाई सीआईबीले बिहीबार नै सोधपुछका लागि बोलाएको थियो । सीआईबीले नै सोही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको थियो ।
उनले सरकारी नियन्त्रणमा पुगिसकेको सम्पत्ती बदनयितपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरीनामा दिएको आरोप थियो । त्यसपछि लिलामी प्रक्रियामा सहभागी पलनी श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि प्रहरीले पक्राउ परेका थिए ।
















