Dhulikhel Eco Banner new

सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

351
shares

काठमाडौं, १८ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.२० अंकले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.२७ प्रतिशतका दरले गुमाएका छन् ।