सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ साउन १८ सोमवार १५:११
shares

काठमाडौं, १८ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.२० अंकले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले ११.७७ प्रतिशतका दरले कमाएका छन् भने महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले कमाएका छन् भने सागर डिस्टिलरी लिमिटेडका लगानीकर्ताले ४.०९प्रतिशतका दरले कमाएका छन् ।
















