Dhulikhel Eco Banner new

विराटनगरका ६ वटा सहकारीको दर्ता खारेज

884
shares

काठमाडौं, १९ साउन । विराटनगरमा लामो समयदेखि निष्क्रिय रहेका ६ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ।

विराटनगर महानगरपालिकाको सहकारी शाखाले मंगलबार एक सूचना जारी गर्दै विगत ५ वर्षभन्दा बढी समयदेखि कुनै पनि आर्थिक प्रतिवेदन नबुझाउने र सम्पर्कमा समेत नआउने ती सहकारीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको हो। विराटनगर–१४ को जुनतारा बचत तथा ऋण सहकारी संस्था, वडा नं. १० को प्राइम बचत तथा ऋण सहकारी, वडा नं. ७ को रारा बचत तथा ऋण सहकारी र वडा नं. १३ को नक्षत्र बचत तथा ऋण सहकारी रहेका छन्। यसैगरी विराटनगर–२ मा कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी र वडा नं. ९ को गुडविल बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

सहकारी ऐनको प्रावधान अनुसार प्रत्येक सहकारीले प्रत्येक वर्षको चौमासिक र वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, साधारण सभाको विवरण, शेयर पुँजी र ऋण लगानीको अवस्था लगायतका विवरणहरू तोकिएको समयभित्र नियमनकारी निकायमा बुझाउनुपर्ने हुन्छ। तर यी संस्थाहरूले ऐनको दफा ५२ बमोजिमको कानूनी दायित्व पूरा नगरी अटेर गरेको महानगरको ठहर छ।