Dhulikhel Eco Banner new

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

806
shares

काठमाडौं, २० साउन । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको छ । ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित यो विशेष संयन्त्र बनाइएको हो । देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टिमले तत्काल समन्वय गरी समाधान गर्ने मुख्य उद्देश्य राखेको छ । निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास पु¥याउने व्यवस्था मिलाइने निगमले जनाएको छ ।

पछिल्लो समय बजारमा ग्यास अभाव भएर उपभोक्ता कामकाज छोडेर लाइन लाग्न बाध्य भएका छन् । ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।