Dhulikhel Eco Banner new

सम्झौता उल्लंघन गर्ने निर्माण कम्पनीको ठेक्का खारेज

637
shares

काठमाडौं, २० सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार काम नगर्ने र ढिलासुस्ती गर्ने निर्माण कम्पनी एम(एस बीकोई विल्डर्स प्रा.लि.को ठेक्का खारेज गरेको छ ।

कालिकोट जिल्लाका विभिन्न खोलामा पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीले सम्झौता भएको ६ महिनाभित्र डिजाइन र वातावरणीय अध्ययन प्रतिवेदन बुझाउनुपर्नेमा ढिलासुस्ती गरेको थियो ।

बुधवार एक सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सुर्खेत–महालेख–नग्मा–गमगढी सडक खण्ड अन्तर्गत तिला नदी, ग्याल्दो र पादिमघाट खोलामा ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा पुल निर्माणका लागि गरिएको ठेक्का अन्त्य गरिएको जानकारी दिएको छ ।

सार्वजनिक खरिद ऐन र नियमावली अनुसार ठेक्का रद्द गरिएपछि कम्पनीलाई १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक गर्न निर्देशन दिइएको छ ।काठमाडौँ । सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार काम नगर्ने र निर्माणमा ढिलासुस्ती गर्ने एक निर्माण कम्पनीको ठेक्का रद्द गरेको छ । कार्यालयले कालिकोट जिल्लाका विभिन्न खोलामा पुल निर्माणको जिम्मेवारी पाएको ‘एम–एस बीकोई विल्डर्स प्रा।लि’ सँगको सम्झौता रद्द गरेको हो ।

सूचनाका अनुसार निर्माण व्यवसायीले सम्झौता भएको ६ महिनाभित्र पुलको डिजाइन र वातावरणीय अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्ने सर्त थियो । तर, लामो समय बितिसक्दा पनि कम्पनीले डिजाइन स्वीकृत गराउन कुनै चासो नदेखाएको र निर्माण कार्य सुरु गर्न तत्परता नदेखाएको कार्यालयको ठहर छ ।

खरिद सम्झौताको दफा ७२।२ बमोजिम यसलाई ‘सम्झौताको गम्भीर उल्लङ्घन’ मान्दै सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को आधारमा ठेक्का रद्द गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

कार्यालयले ठेक्का रद्द गरिएसँगै सम्बन्धित निर्माण व्यवसायीलाई यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत निर्देशन दिएको छ । तोकिएको समयभित्र फरफारक नगरे नियमानुसार थप प्रक्रिया अगाडि बढाइने समेत सूचनामा उल्लेख छ ।