सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ साउन २० बुधवार १५:०४
shares

काठमाडौं, २० साउन । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले गुमाएका छन् ।
















