सगरमाथा इन्स्योरेन्सले गर्यो १२ करोड ३ लाखको दावी भुक्तानी
वि.सं.२०७९ असार २६ आइतवार १३:०४
shares

काठमाडौं, २६ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष आएको बाढीपहिरोको कारणले भएको क्षतिअन्तर्गत दावीवापत मादीपावर प्रा. लिलाई १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँको दावी भूक्तानी गरेको छ ।
उक्त रकम बराबरको चेक मादीपावर प्रालिका महाप्रवन्धक WEI JUNCHAO लाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्रीले हस्तान्तरण गरेका हुन् । कम्पनीले चालू आर्थिक वर्षमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भूक्तानी गरिसकेको बताएको छ ।
कम्पनीले जहिल्यै पनि संमेदनशिल रही ग्राहकहरुलाई यथासक्य चाँडै दावीभूक्तानी गर्न प्रयत्नशिल रही आएको पनि बताएको छ ।

















