Dhulikhel Eco Banner new

बाढी–पहिरो पीडितका लागि व्यवसायी प्रयास कार्कीको रु. ६ लाख ६६ हजार ६ सय ६६ सहयोग

949
shares

उदयपुर, १९ भदौ । बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उदयपुरका युवा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका दुईपटक निर्वाचित कार्यकारिणी समिति सदस्य प्रयास कार्कीले रु. ६ लाख ६६ हजार ६ सय ६६ सहयोग गरेका छन्।

कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ तथा नेपाल उद्योग वाणिज्य महासंघमार्फत रु. १ लाख ११ हजार १ सय ११ गरी उक्त रकम सहयोग गरेका हुन्। कटारीमा हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स तथा नेपाल ट्रेडिङ हार्डवेयर प्रालि सञ्चालन गर्दै आएका कार्की व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय युवा व्यवसायीका रूपमा परिचित छन्। विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनुपर्छ भन्ने मान्यतासहित उनले आफ्नो व्यक्तिगत तर्फबाट गरेको यो सहयोगलाई उदयपुरबाट भएको उल्लेखनीय व्यक्तिगत सहयोगका रूपमा लिइएको छ।

कार्कीले सहयोग रकम ठूलो–सानोभन्दा पनि सहयोग गर्ने भावना महत्वपूर्ण हुने भन्दै आफूले गरेको सहयोगबाट विपद्मा परेका परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्य रहेको बताएका छन्। उनले आफूले सहयोग गरेर मात्र नरोकी आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी–पहिरो पीडितका लागि सहयोग गर्न सबैलाई आग्रह गर्दै आएका छन्। “सहयोगको रकम सानो हुन सक्छ, तर सहयोग गर्ने मन कहिल्यै सानो हुनु हुँदैन।” उनले भने

व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएका कार्कीको यो सहयोगले विपद्को समयमा निजी क्षेत्र तथा युवा व्यवसायीहरूले निर्वाह गर्नुपर्ने सामाजिक भूमिकाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।