बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज ११ आइतवार ११:१७
416
shares
shares

काठमाडौं, ११ असोज । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ७ सयले बढेको हो ।
महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६ सयमा कारोबार भएको सुन आइतबार बढेर २ लाख ९९ हजार ३ सयमा कारोबार भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ६ सय २० रुपैंया मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ६ सय ५५ रुपैंया मा कायम भएको हो ।

















