Dhulikhel Eco Banner new

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का

5.37K
shares

काठमाडौं, २८ असार । धितोपत्रको दोस्रो बजारमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।

यी दुई कम्पनी बीच एकापसमा गाभिने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । गत सोमवार यी दुई कम्पनी एकापसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतन लाल केडियाले हस्ताक्षर गरेका थिए ।