Dhulikhel Eco Banner new

इनड्राइभर : अप्रिय घटना भए दोषि को ?

14.04K
shares

काठमाडौं, २८ असार । इनड्राइभर नामक सेयरिङ एप मार्फत यात्रुहरुले सेवा त पाएका होलान । अनि केही व्यक्तिहरुले यसबाट आफ्नो रोजिरोटिको समेत व्यवस्था गरिरहेका होलान । केही व्यक्तिलाई लाभ भयो वा कसैले कही सस्तोमा सेवा पायो भन्दैमा गैरकानुनी रुपमा कार्य गर्न पाइन्छ ? अनि यसबाट कुनै पनि अप्रिय घटना घट्न गएमा यसको जिम्मेवारी को ? यस विषयमा ध्यान दिने कि निदिने ।

केटिएम भ्वाइसले अवैध रुपमा चलिरहेको यो सेयरिङ एपको विषयमा समाचार लेखेपछि केही व्यक्तिहरुले यहाँ को पो कानुनी रुपमा चलेको छ र भन्ने प्रतिक्रिया पनि दिएका छन् । यसबाट कुनै समस्या आयो भने समाधानका लागि कहाँ जाने, अनि घटना भयो भने सरकारले के हेरेको थियो भन्दै धारे हात लगाउने होला ।

यो एप मार्फत यात्रा गर्दा मोलमोलाई गरेर केही सस्तोमा यात्रा गर्न पाइएला तर ‘लोभले लाभ लाभले विलाप’ भनेजस्तो नहोस् । यस मार्फत यात्रा गरेर दुर्घटनामा परेको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत निवेदन परेको छ ।

कार्यालय समेत नभएकाले यसलाई कसरी कानुनको दायरामा ल्याउन सकिन्छ । यस तर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । जसरी भिजिट भिसामा मानिसलाई विदेशमा लगेर अलपत्र पारेर उतै बस्ने परिपाटी छ । यसमा पनि त्यस्तै भयो भने के गर्ने ? कहाँ जाने खोज्नका लागि । यसमा पनि ध्यान दिने हो कि । कुनै पनि माध्यमबाट आम्दानी गरे पछि त्यसको कर तिर्नु पर्ने दायित्व हुन आउँछ । कमाएर कर नतिर्ने हो भने यस्ता सेवा प्रदायकलाई किन नेपालमा सेवा गर्न दिनु पर्ने कारण के छ र ?

दर्घटना भए पछि यो एप मार्फत सञ्चालन भएका मोटरसाइकलका चालक फरार हुने गरेको पाइएको छ । व्यवसाय गर्नु हुँदैन भन्ने होइन तर कुनै पनि निकायमा दर्ता नभएर गरिने कार्य कानुनी रुपमा नै गलत भएकाले यसलाई नियमन गर्ने निकाय हुन जरुरी छ ।
केहीले रोजगारी पाएको र केहीले सहज सेवा पाएको नाममा सरकारले यसमा आँखा चिम्लिन मिल्दैन् ।

यस्तै सेवा दिइरहेको पठाओको भने नेपालमा अफिस छ । यदि राइडरका विषयमा कुनै गुनासो भएमा त्यहाँ फोन गरेर वा कार्यालयमा पुगेरै गुनासो गर्न सकिन्छ । तर इनड्राइभरको भने यस्तो कुनै व्यवस्था छैन् । सवारी चालक अनुमति पत्र नभएकाहरुले समेत यसबाट सेवा दिइरहेका छन् । यसमा सवारी चालक पनि अनिवार्य गरिएको छैन् । अनि कसरी हुन्छ यो सुरक्षित । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

नेपालमा हालसम्म राइड सेयरिङ कम्पनीहरुलाई आधिकारिक रूपमा यातायात ऐन बमोजिम सञ्चालनको सुविधा नै छैन । ऐनको अभावमा यस्ता सेयरिङ राइडरहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सेवा प्रदान गर्न पाउने भन्ने सुविधा रहेको छ ।

त्यसको पनि कुनै पालना नगरेर इनड्राइभरले अवैध रुपमा सेवा दिइरहेको छ । विदेशमा कार्यालय रहेको र नेपालमा कार्यालय नरहेको भनिएको छ । यदि त्यसो हो भने विदेशी लगानी ल्याउँदा लगानी बोर्डसँग स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर यसको पनि कतै पालना भएको छैन् । लगानी बोर्डसँग यसले कुनै पनि अनुमति लिएको छैन् ।

Follow Up

न दर्ता न अनुमति, ‘इनड्राइभर’ चल्छ फटाफटी

न दर्ता न अनुमति, ‘इनड्राइभर’ चल्छ फटाफटी