Dhulikhel Eco Banner new

सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम भने सामान्य बढ्यो

481
shares

काठमाडौं, २१ असोज । बुधबार शेयर बजार सामान्य अकंले घटेको छ। शेयर बजार ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ७४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले घटेको शेयर बजारमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।