सामान्य अकंले घट्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज २१ बुधवार १६:१५
shares

काठमाडौं, २१ असोज । बुधबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ७४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले घटेको शेयर बजारमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एनआईसी एशिया ब्यालेन्स्ड फन्डका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले कमाएका छन् भने इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.८५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ का लगानीकर्ताले ४.७८ प्रतिशतका दरले कमाएका छन् भने सानिमा मिडल तामोर हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले कमाएका छन् ।

















