Dhulikhel Eco Banner new

कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई, मूल्य आपसी सहमतिमा

455
shares

काठमाडौं — कुमारी बैंकले आफ्ना केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै प्राथमिकता दिएर खरिदका लागि आह्वान गरिएकोमा तोकिएको समयभित्र कसैको पनि आवेदन नपरेपछि बैंकले सर्वसाधारणलाई यो अवसर दिएको हो।

नेपाल राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो हक संस्थापककै हुन्छ। तर, उनीहरूबाट दाबी नआएपछि मात्रै अन्य व्यक्ति वा संस्थालाई बाटो खुलेको हो। बिक्रीमा राखिएको यी शेयरहरूको कुनै न्यूनतम आधार मूल्य बैंकले तोकेको छैन। सूचनाअनुसार खरिदकर्ता र बिक्रेताबीचको आपसी समझदारीमै शेयरको मूल्य तय हुनेछ।

संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो आवेदन दिइसक्नुपर्नेछ। खरिदकर्ताले नक्सालको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार ‘कुमारी क्यापिटल लिमिटेड’ वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा पुगेर रीतपूर्वक दरखास्त बुझाउन सक्नेछन्।