Dhulikhel Eco Banner new

एनआईसी एसियाको ‘इक्विटी अपोर्चुनिटी फन्ड’ बाँडफाँट

442
shares

एन आई सी एसिया क्यापिटलले निष्कासन गरेको नयाँ म्युचुअल फन्ड योजना ‘एन आई सी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’ को ८ करोड एकाइ बुधबार बाँडफाँट भएको छ। क्यापिटलले सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि खुला गरेको प्रति एकाइ १० रुपैयाँ अंकित दरको उक्त फन्डको बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो।

कुल निष्कासित एकाइमध्ये १५ प्रतिशत (१ करोड २० लाख एकाइ) कोष प्रवर्द्धक एन आई सी एसिया बैंकका लागि ‘बीज पुँजी’ का रूपमा सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख एकाइ भने गत असोज ७ देखि १३ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। तोकिएको अवधिमा रीतपूर्वक आवेदन दिने सबै लगानीकर्तालाई एकाइ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

लगानीकर्ताले बाँडफाँटको अन्तिम नतिजा सिडिएससीको ‘मेरोशेयर’, आईपीओ रिजल्ट वेबसाइट वा क्यापिटलको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्। साथै, मागबमोजिम एकाइ नपरेका आवेदकको बैंक खातामा रोक्का रहेको रकम तत्काल फुकुवा गर्न सम्पूर्ण सि–आस्वा सदस्य बैंकहरूलाई निर्देशन दिइएको छ।