Dhulikhel Eco Banner new

नेपाल चिकित्सकको सहकार्यमा कामना सेवा विकासद्वारा वित्तीय साक्षरता कार्यक्रम

533
shares

काठमाडौं, २३ असोज । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चिकित्सक संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरुले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरण मार्फत सहभागी महिला चिकित्सकहरूलाई वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरेका थिए ।

कार्यक्रमको सुरुवात गर्दै डा. सुजिता हिराचनले चिकित्सकहरूका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्व बारे प्रकाश पारेकी थिन् । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विषयमा ऋब्। अनुपमा सङग्रौला तथा बैंकको तर्फबाट डिजिटल अपरेशन विभागका प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्य कान्त न्यौपानेले सहजीकरण गरेका थिए ।

उनीहरूले सहभागी चिकित्सकहरूलाई व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायतका विषयमा व्यावहारिक जानकारी प्रदान गरेका थिए ।