Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

585
shares

काठमाडौं, २३ असोज । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार ९ सयले बढेको छ ।

महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ९२ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९५ हजार ७ सयमा कारोबार भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १५ रुपैँयाले बढेको छ । बिहिबार ४ हजार ३ सय ९० रुपैंया मा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ४ सय ५ रुपैंया मा कायम भएको हो ।