माउन्टेन इनर्जीका लगानीकर्तालाई २१ प्रतिशतभन्दा बढी लाभांश, बोनस हिस्सा कति ?
वि.सं.२०८३ असोज २७ मंगलवार १०:२१
312
shares
shares

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। गत असोज २६ गते बसेको कम्पनी सञ्चालक समितिको १४६औं बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल २१.०५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले प्रस्ताव गरेको कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि मात्र छुट्याइएको छ। सञ्चालक समितिले अघि सारेको यो प्रस्तावलाई विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी १३औं वार्षिक साधारण सभाले अन्तिम अनुमोदन गरेपश्चात् मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १० गते ‘बुक क्लोज’ (सेयर दाखिला खारेजी) गर्ने मिति तय गरेको छ। यसको अर्थ, नेप्सेमा अघिल्लो दिनसम्म कारोबार भई सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउन र सभामा मतदान गर्न सक्नेछन्। पछिल्लो कारोबार दिन यस कम्पनीको सेयर प्रतिकित्ता ६४७ रुपैयाँमा बन्द भएको थियो।


















