बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज ३० शुक्रवार १०:५३
533
shares
shares

काठमाडौं, ३० असोज। स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ हजार ७ सयले बढेको छ ।
महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ८८ हजार ४ सयमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९० हजार १ सयमा कारोबार भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १ सय १५ रुपैँयाले बढेको छ । बिहिबार ४ हजार ३५ रुपैंया मा कारोबार भएको चाँदी शुक्रबार ४ हजार १ सय ५० रुपैंया मा कायम भएको हो ।


















