एशियन लाइफको नेतृत्व परिवर्तन, दिनेशलालको राजीनामापछि होमबहादुरलाई जिम्मेवारी
वि.सं.२०८३ कात्तिक ९ सोमवार १२:५०
shares

काठमाडौं, ०९ कार्तिक। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायममुकायम (कामु) सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। उक्त निर्णयअनुसार दिनेशलाल श्रेष्ठको राजीनामा २०८३ कात्तिक १० गतेदेखि लागू हुनेछ। सोही मितिदेखि अर्को व्यवस्था नभएसम्म होमबहादुर श्रेष्ठले कामु सीईओको जिम्मेवारी सम्हाल्नेछन्।
कम्पनीले नेतृत्व परिवर्तनसम्बन्धी निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराएको छ।
दिनेशलाल श्रेष्ठले राजीनामा दिनुको कारणबारे कम्पनीले सार्वजनिक गरेको विवरणमा खुलाइएको छैन। नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुँदासम्म कम्पनीको कार्यकारी नेतृत्व होमबहादुर श्रेष्ठले सम्हाल्नेछन्।




















