Dhulikhel Eco Banner new

साउनयता ४६४ निजामती कर्मचारीले छाेडे सेवा, ४ सचिव पनि सूचीमा

1.22K
shares

काठमाडौं, १० कार्तिक। चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता ४ सचिवसहित ४६४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार साउन १ देखि कात्तिक १० गतेसम्म विभिन्न तहका कर्मचारीले सरकारी सेवा छाडेका हुन्।

राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्। राजपत्राङ्किततर्फ ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत रहेका छन्। त्यस्तै, १३७ जना नायब सुब्बा तथा खरिदार र १२० जना श्रेणीविहीन कर्मचारीले राजीनामा दिएका छन्।

किताबखानाका अनुसार राजीनामा दिएका सबै ४६४ कर्मचारीको राजीनामा स्वीकृत भइसकेको छ। कर्मचारीहरूले राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेको जनाइएको छ।

यसबीच संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश दिने व्यवस्थाबारे कर्मचारी वृत्तमा चर्चा भइरहेको छ।