Dhulikhel Eco Banner new

सिटिजन्स बैंक र एथलेटिक ल्याण्डबीच सम्झदारी, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

611
shares

काठमाडौं,१२ कार्तिक। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एथलेटिक ल्याण्ड प्रा।लि। बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले एथलेटिक ल्याण्ड प्रा।लि।मा आकर्षक १५ प्रतिशतसम्म छुट पाउनेछन् । एथलेटिक ल्याण्ड बालकुमारी, खरिबोट, ललितपुरमा रहेको छ ।

बैंकका ग्राहकले यस सहकार्यबाट लाभ लिनुका साथै नगद कारोबारको सट्टा डिजिटल कारोबारतर्फ प्रोत्साहित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउने र ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षित गर्ने उद्देश्यले बैंकले समय–समयमा ग्राहककेन्द्रित सुविधा सञ्चालन गर्दै आएको छ ।

डिजिटल कारोबार गर्दा प्राप्त हुने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपे नेटवर्कको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।

बैंकले हालै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ । साथै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध गराएको बैंकले क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकलाई समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ५२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।