Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरेको डिसीईओ छाडेर पवन बने नाडेपको सीईओ

728
shares

काठमाडौं, १२ कात्तिक । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा छोटो समय नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका पवन कुमार श्रेष्ठ नाडेप लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । केही महिना अघिमात्रै श्रेष्ठले नेरुडे मिर्मिरे लघुवित्तको डिसीईओबाट राजीनामा दिएका थिए ।

नेरुडे मिर्मिरेका तत्कालीन सीईओ केशवकुमार पौडेलले श्रेष्ठलाई डिसीईओमा नियुक्त गरेका थिए । सीईओ पौडेल आफैले नेरुडे मिर्मिरे छाड्ने भएपछि श्रेष्ठले पनि डिसीईओ पदबाट राजीनामा दिएका थिए ।

त्यसअघि श्रेष्ठ केशव पौडेलकै अण्डरमा तत्कालीन सबैको लघुवित्तमा कार्यरत थिए । पौडेल, श्रेष्ठ निर्धन उत्थान लघुवित्तका पूर्व कर्मचारी हुन् ।