Dhulikhel Eco Banner new

युनिलिभर नेपालले दिने भयो १ हजार ५४० प्रतिशत नगद लाभांश

442
shares

काठमाडौं, १६ कात्तिक। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०२५/२६ का लागि १ हजार ५४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिबाट पारित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आगामी डिसेम्बर ९ देखि डिसेम्बर २३ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार डिसेम्बर ८ गतेसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।

डिसेम्बर ८ गतेसम्म सेयर कायम रहेका लगानीकर्ता मात्रै लाभांशका लागि योग्य हुनेछन्।