Dhulikhel Eco Banner new

आरएसडिसी लघुवित्तले सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने

403
shares

काठमाडौं, १६ कात्तिक।आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत पारित गराउनुपर्नेछ । त्यसपछि मात्रै सेयरधनीले उक्त दरको नगद लाभांश प्राप्त गर्नेछन् ।