Dhulikhel Eco Banner new

मकर जितुमाया सुरी हाइड्रोपावरले दिने भयो १३.६८ प्रतिशत लाभांश

455
shares

काठमाडौं, १६ कात्तिक। मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।

कार्तिक १६ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।