फेरि बढ्दै कोरोना, आज मात्र २६० जनामा संक्रमण पुष्टि
वि.सं.२०७९ असार ३० बिहीवार १६:२७
shares

काठमाडौं, ३० असार । अहिले फेरि कोरोनाको संक्रमण बढ्दै गएको छ । बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ । बुधबार २०६ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८४४ नमूनामध्ये २६० नमूनाको पोजिटिभ रिपोर्ट आएको हो ।
मन्त्रालयका अनुसार २०२७ नमूनाको पीसीआर र १८१७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २१४ र एन्टिजेनबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ४८ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घन्टामा ७२ हजार ३२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल १४ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



















