Dhulikhel Eco Banner new

सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

1.44K
shares

काठमाडौं, ३० कात्तिक। सुनसरी हरिनगर गाउँपालिका–६ घुस्की स्थित सुनसरी खोला किनारमा छठ पूजा गर्नका लागि निर्माण गरिएको पूजा स्थलमा अपरिचित समूहले तोडफोड गरेको छ ।

धार्मिक आस्थाको महापर्व छठमा सूर्य देवलाई पूजा गर्नका लागि निर्माण गरिएको पूजा स्थलमा तोडफोड गरेपछि स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।

धार्मिक सद्भाव र आस्था माथि आँच पुर्‍याउने यस प्रकारको अराजक गतिविधि अत्यन्तै निन्दनीय रहेको स्थानीयवासीले बताएका छन् । पूजा स्थल तोडफोडमा संलग्न व्यक्तिको पहिचान र तोडफोडका कारण हालसम्म खुलेको छैन । यस घटनाले स्थानीय बासिन्दामा गहिरो असन्तोष र आक्रोश उत्पन्न गराएको छ ।

घटनाको निष्पक्ष छानबिन गरी तुरुन्त दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र यसमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।