सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
वि.सं.२०८३ कात्तिक ३० सोमवार ११:०१
shares

काठमाडौं, ३० कात्तिक।नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
















