Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको घाटा दोब्बरभन्दा बढी, कुल बीमाशुल्क ६७ प्रतिशत बढ्यो

1.56K
shares

काठमाडौं, ३० कात्तिक। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २० करोड ४७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी ९ करोड ६३ लाख रुपैयाँ घाटामा रहेको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद घाटा ११२.५२ प्रतिशतले बढेको छ।

कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ५७ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ४८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ १४ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड १३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ६९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन ६७.३१ प्रतिशतले बढेको छ।

यद्यपि, खुद बीमाशुल्क आर्जन भने घटेको छ। समीक्षा अवधिमा कम्पनीले १८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २० करोड ७९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन १२.२२ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस)  ८ रुपैयाँ ०३ पैसाले ऋणात्मक रहेको छ। त्यस्तै, समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ रहेको छ।

यसरी समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन बढेको भए पनि खुद बीमाशुल्क आर्जन घटेको छ। सोही अवधिमा कम्पनीको खुद घाटासमेत अघिल्लो वर्षको तुलनामा बढेको वित्तीय विवरणले देखाएको छ।