सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
वि.सं.२०८३ मंसिर २ बुधवार ११:०५
3.99K
shares
shares

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।

















