Dhulikhel Eco Banner new

लाभांश पारित गर्न हिमालयन लघुवित्तको साधारण सभा पुस ८ मा

221
shares
काठमाडौं — हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस ८ गते बुधबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि सभामा पेस हुनेछन् ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।