Dhulikhel Eco Banner new

कर्णाली प्रदेश सरकारबाट तीन पत्रकार पुरस्कृत हुँदै

5.82K
shares

काठमाडौं, ३२ असार । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीन पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि’–२०७९ बमोजिम ललित बुढा (सुर्खेत), चाँदनी कठायत (सुर्खेत) र सरिताकुमारी चलाउने (सल्यान) लाई पुरस्कृत गर्न लागिएको होे ।

मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत यही असार २३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उनीरुलाई पुरस्कृत गरिने भएको जानकारी दिए।

जनही रु ५० हजार राशिको पुरस्कारका लागि मन्त्रालयले जेठ २१ गते खुला आवदेन माग गरेको थियो । पुरस्कार वितरण आगामी आर्थिक वर्षको कुनै राष्ट्रिय तथा प्रदेशस्तरको दिवसमा प्रदान गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।