Dhulikhel Eco Banner new

मिर्मिरे लघुवित्तको साधारणसभा सम्पन्न, बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने प्रस्ताव पारित

4.42K
shares

काठमाडौं, २ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा गत असार ३१ गते संस्थाका अध्यक्ष टेक बहादुर बोहराको अध्यक्षतामा होटल सारथी, धुलिखेल नगरपालिका–८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।

उक्त सभाले मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरेको छ । दुवै संस्थाको छुट्टाछुट्टै बसेको विशेष साधारण सभाले एकआपसमा प्राप्ति गर्नेै वा गभिने विशेष प्रस्तावालाई अनुमोदन गरी पारित गरेको छ ।

साथै डिडिएका आधारमा बुद्धज्योतीको समायोजित शेयर मूल्यको सम्बन्धमा, प्राप्तिपश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप शेयर एफपिओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष टेक बहादुर बोहराले बुद्दज्योति लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ स्वाप रेसियोमा प्राप्ति गर्न बिशेष प्रस्ताव पारित सभा समक्ष प्रस्ताव गरेकोमा शभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको बताए । साथै यस कार्यमा प्रत्यक्ष–परोक्ष सहयोग तथा सुझाव दिनुहुने सम्पूर्ण सरोकार वालामा धन्यबाद ब्यक्त गरेका थिए । शेयरधनीहरुको तर्फबाट मन्तब्य राख्दै संस्थाका शेयरधनी शिव प्रसाद पौडेलले संस्थाको उपलब्धिको प्रशंशा गर्दै बुद्द्ज्योती संगको एकीकृत कारोबारको लागी शुभकामना व्यक्त गरेका थिए ।