Dhulikhel Eco Banner new

अभियान लघुवित्तले आईपीओ जारी गर्दै

4.52K
shares

काठमाडौं, २ साउन । अभियान लघुवित्त संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाजत–पत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्ने छ ।