Dhulikhel Eco Banner new

सुरु भयो राष्ट्र बैंक बोर्ड बैठक, के–के समेटिदैछ मौद्रिक नीतिमा ?

6.07K
shares

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठक अहिले बसिरहेको छ । राष्ट्र बैंकको कार्यालय बालुवाटारमा बोर्ड बैठक बसिरहेको हो । बोर्ड बैठकमा बोर्ड अध्यक्ष समेत रहेका गभर्नर महाप्रसाद अधिकारी, सञ्चालक समिति सदस्यहरु चिन्तामणि सिवाकोटी, शंकरप्रसाद आचार्य, मधुकुमार मरासिनी, बमबहादुर मिश्र, निलम ढुंगाना तिमल्सिना र सुवोध कर्ण छन् ।

बोर्ड बैठकमा गभर्नरु अधिकारीले चालु आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिको मस्यौदा पेश गर्दैछन् । बोर्ड बैठकबाट पारित गरी आजै मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ । मौद्रिक नीति गत वर्षको भन्दा केही कसिलो ल्याउने राष्ट्र बैंकको तयारी छ ।

बोर्ड बैठकमा सहभागी एक सञ्चालकका अनुसार मौद्रिक नीतिले ब्याजदर भने नियन्त्रण गर्ने छैन । ब्याजदर बढ्न नरोक्ने गरी मौद्रिक नीतिको खाका तयार गरिएको छ । महंगी नियनत्रण गर्नका लागि भने केही उपकरणहरु युज भएको ति सञ्चालकले जानकारी दिए ।

यस पटक भने राष्ट्र बैंकले मर्जरका लागि दिने सुविधा कटौति गरेको छ ।

Follow Up

२०७७ सालको जस्तो मौद्रिक नीति आउँदैन : गर्भनर अधिकारी

२०७७ सालको जस्तो मौद्रिक नीति आउँदैन : गर्भनर अधिकारी

५ बुँदामा मौद्रिक नीतिको समीक्षा, के–के भयो परिवर्तन ?

५ बुँदामा मौद्रिक नीतिको समीक्षा, के–के भयो परिवर्तन ?

असार पछि मर्जरका लागि दिइने सहुलियत कटौती हुने

असार पछि मर्जरका लागि दिइने सहुलियत कटौती हुने

मौद्रिक नीति आज आउँदै

मौद्रिक नीति आज आउँदै